आयोजक अस्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो
शनिबार, ०२ भदौ २०८०, १६ : ३९
सिड्नी । आयोजक अस्ट्रेलियालाई हराउँदै स्वीडेनले महिला विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार भएको खेलमा स्वीडेन २–० गोलले विजयी बन्दै लगातार दोस्रोपटक तेस्रो स्थान हासिल गरेको हो ।
पहिलो हाफमा क्लेर हन्टले स्टिना ब्लाकस्टेनसलाई लडाएपछि स्वीडेनले पेनाल्टी पाएको थियो । जसलाई फ्रिडोलिना रोल्फोले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाइन् । दोस्रो हाफमा कोसोभारे अस्लानीले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।
अस्ट्रेलिया खेलमा फर्कने थुप्रै प्रयास गरे पनि सफल भएको थियो । चौथो स्थानमा सीमित भए पनि विश्वकपमा अस्ट्रेलियाको यो सबैभन्दा राम्रो प्रदर्शन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण