त्रिविको ४९ औँ दीक्षान्त समारोहका लागि आवेदन खुला
आइतबार, ०३ भदौ २०८०, १० : ३१
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतसम्म उत्र्तिण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो ।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले आवेदन दिन सक्नेछन् ।
दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण