बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पुजनले ल्याइन् तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’

आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजमा वर्षेनी थुप्रै नयाँ गीत भित्रिने गर्छ । यो वर्षको तीज आउन करिब एक महिना बाँकी छ । तर तीज गीत भने बजारमा भित्रिने क्रम बाक्लो छ ।

यस्तैमा गायिका पुजन काफ्लेले ‘ए आमा गाउँदै नाच्ने हो’ बोलको तीज गीत सार्वजनिक गरेकी छन् । गीतमा गायिका काफ्लेकै शब्द छ, भने संगीत आरसी रिमालले दिएकी छन् । गीतमार्फत तीजलाई हर्षोल्लासका साथ मनाउनुपर्छ भन्ने भाव व्यक्त गरिएको छ । 

गीतको भिडियोमा भने गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय छ ।

शेरबहादुर डिसीको निर्देशन रहेको भिडियोमा शिवन पोखरेलको नृत्य, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया