युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
काठमाडाैँ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल ६९ करोड डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिती र सुधारमा आवाश्यक कार्य गर्न दबाब दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो।
सन् २०२२ को सुरुवातमा रूसले आक्रमण गरेर सुरु भएको दुई देशबिचको युद्ध हाल पाँचौँ वर्ष सम्म पनि चलिरहेको छ। युक्रेनले रूसको निरन्तर आक्रमण अधिक चुनौतीपूर्ण बाह्य वातावरण र जोखिमहरूको असाधारण अवस्थाका बाबजुद समष्टि आर्थिक र वित्तीय स्थिरता कायम राखेको जनाउदै आइएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शन समग्रमा सन्तोषजनक भएको बताएको छ ।
आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिवाले कार्यकारी बोर्डको छलफल पछि द्वन्द्वको सामना गर्न युक्रेनले उल्लेखनीय उद्धारता जारी राखेको बताए।
समष्टि आर्थिक स्थिरताको संरक्षणलाई तत्काल प्राथमिकता दिनु पर्ने बताउदै उनले वित्तीय क्षेत्रको उद्धारताको रक्षा गर्ने उपायहरूका साथसाथै विवेकपूर्ण वित्तीय नीति र मौद्रिक नीति तयार गरी अघि बढ्न पनि आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण