मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु
आइतबार, ०३ भदौ २०८०, २१ : ३३
बागमती । मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु भएको छ । आज अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसालाई खोलाले बगाई मृत्यु भएको भनी स्थानीयवासीले खबर गरेपछि स्थानीय प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा प्रहरी गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण