एकीकृत समाजवादीको बैठक सोमबार पनि जारी रहने
सोमबार, ०४ भदौ २०८०, ०५ : ५७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार पनि जारी रहने भएको छ । यसअघि आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको थियो ।
बैठक सोमबार बिहान ११ बजेदेखि पुनः सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार आइतबारको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले बोलेका छन् । यसअघि तय भएका ७ एजेण्डामाथि उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धरलगायतले धारणा राखेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण