उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेट
सोमबार, ०४ भदौ २०८०, १५ : १२

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ ।
भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको छ । उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो ।
हाल प्रदेशसभातर्फ सुदूरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् ।
हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाकाे गौरिशकर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित