चीनको विकास मोडल चकनाचुर भइसक्यो : वाल स्ट्रिट जर्नल
विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन हाल गहिरो सङ्कटमा भएको र ४० वर्षको उसको ‘सफल विकास मोडल’ अब चकनाचुर भएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले बताएको छ ।
वाल स्ट्रिट जर्नलले आइतबारको आफ्नो विशेष रिपोर्टमा यस्तो लेखेको हो । ‘अब चीन एकदमै सुस्त वृद्धिको युगमा प्रवेश गरिरहेको अर्थशास्त्रीहरू विश्वास गर्छन्, प्रतिकुल जनसाङ्ख्यिक, अमेरिका र उसका सहयोगीसँगको बिग्रँदै गएको सम्बन्धले स्थितिलाई अझ खराब बनाउँदैछ । यसले चीनको विदेशी लगानी र व्यापारमा खतरा निम्त्याएको छ । ’
लेखमा कोलम्बिया युनिभर्सिटीका आर्थिक सङ्कट मामिलाका प्रोफेसर एडम टोव्सले भनेका छन्, ‘अब चीनको आर्थिक मोडेल चकनाचुर भएको छ, हामी चीनको आर्थिक इतिहासमा सबैभन्दा ठुलो गिरावट देखिरहेका छौँ ।’प्रतिवेदनका अनुसार सन् २०२२ सम्ममा सरकारको कुल ऋण चीनको कुल गार्हस्थ्य उत्पादनको करिब ३ सय प्रतिशत पुगेको छ ।
पत्रिकाले लेख्छ – बेइजिङका वरिष्ठ अधिकारीहरू विश्वास गर्छन् कि पछिल्ला दशकको विकास मोडेल अब अधिकतम सीमामा पुगेको छ ।
कतिपय विज्ञहरू विकास भन्नाले धेरै किसिमका आयोजनामा लगानी बढाउनु पर्ने धारणा राख्छन् ।
गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीका नयाँ पुस्ताका नेताहरूलाई भनेका थिए, ‘तिमी नयाँ जुत्ता लगाएर पुरानो बाटो हिँड्न सक्दैनौँ ।’
अखबारले लेखेको छ, ‘सी जिनपिङ र उनको टोलीले देशको पुरानो विकास मोडेलबाट टाढा जान र नयाँ केहि गर्नका लागी धेरै कम काम गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण