कोभिड–१९ सङ्क्रमितलाई उच्च रक्तचापको खतरा
काठमाडौँ । कोभिड–१९ सङ्क्रमितलाई उच्च रक्तचापको खतरा देखिएको एक नयाँ अध्ययनले बताएको छ । यो रिपोर्ट मेडिकल जर्नल हाइपरटेन्सनमा सोमबार प्रकाशित भएको हो ।
अध्ययनका अनुसार कोभिड–१९ बाट अस्पतालमा भर्ना भएका ५ मध्ये १ जना बिरामी र अस्पताल भर्ना नभएका १० मध्ये एक सङ्क्रमितमा ६ महिनापछि उच्च रक्तचापको समस्या देखिएको हो । इन्फ्लुएन्जा र अन्य श्वासप्रश्वास सम्बन्धी रोग भाइरसबाट सङ्क्रमित बिरामीभन्दा कोभिड–१९ बाट सङ्क्रमित बिरामीमा हाइपरटेन्सनको समस्या देखिने सम्भावना दुई गुणा बढी देखिएको पनि अध्ययनमा भनिएको छ ।
अमेरिकाको सेन्टर फर डिजज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार हाइपरटेन्सनसमेत भनिने उच्च रक्तचापले मुटुको समस्या र हृदयाघातको सम्भावना बढ्ने बताएको छ । अमेरिकामा धेरै मानिसको मृत्यु हुने कारण मध्ये यो एक हो ।
सीडीसीका अनुसार देशका आधा वयस्कमा हाइपरटेन्सनको समस्या रहेको छ । सन् २०२१ मा अमेरिकामा यसका कारण ७ लाख मानिसले ज्यान गुमाएका थिए ।
उच्च रक्तचापको मापदण्ड डाक्टरअनुसार फरक–फरक हुन सक्छन् । तर, अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन कलेज अफ कार्डियोलोजीले १३०/९० भन्दा माथिको अङ्कलाई उच्च रक्तचाप मान्नुपर्ने बताएको छ ।
यो नयाँ अध्ययनमा ४५ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित तथा १४ हजार इन्फ्लुएन्जाबाट बिरामी भएकाहरूको स्वास्थ्य रिपोर्टको तथ्याङ्क लिइएको थियो । यो अध्ययन सन् २०२० र २०२२ बीचमा न्यूयोर्क सहरमा गरिएको थियो ।–सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण