संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठक सुरु
काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।
बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । नेकपा एमालेले संसद् अवरुद्ध जारी राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका हुन् । एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
यसअघि आइतबार बसेको सर्वदलीय बैठकमा संसद् अवरुद्ध हटाउन सबै दल सकारात्मक भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर सहमतिमा पुग्ने नेताहरुले बताएका थिए । ओली स्वास्थ्यमा समस्या आएको भन्दै आइतबारको बैठकमा सहभागी भएका थिएनन् । सोमबारको बैठकमा संसद्को अवरुद्ध हटाउने विषयमा सबै दल सहमति हुने नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण