आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको बैठक

यस्तो छ एकीकृत समाजवादीको सङ्गठनात्मक शक्ति (विवरणसहित)

मङ्गलबार, ०५ भदौ २०८०, १२ : १५
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको सङ्गठनात्मक संरचना केन्द्र, प्रदेश र स्थानीय गरी मुख्य तहमा विभाजित भएको जनाएको छ । 

जसअनुसार  केन्द्रमा केन्द्रीय कमिटी, तीन वटा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्, केन्द्रीय विभाग, प्रदेश तहमा भूगोलका सात वटा प्रदेश कमिटी र स्थानीय तहमा सतहत्तर जिल्ला कमिटी, अधिकांश पालिका कमिटी र आधाभन्दा बढी वडामा वडा कमिटी गठन भएको अध्यक्ष माधव कुमार नेपालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । 

उनले मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा गैर भूगोल क्षेत्रका विशेष प्रदेश कमिटी, विशेष जिल्ला कमिटी, सम्पर्क कमिटी, विशेष इलाका र सम्पर्क मञ्च तथा प्रवासमा समेत हाम्रो पार्टी फैलिएको उल्लेख छ । 

उपर्युक्त पार्टी कमिटीहरूका अतिरिक्त जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनहरूमा पनि ठुलो सङ्ख्यामा पार्टीका सदस्य एवं समर्थकहरू सङ्गठित भएको नेपालले बताएका छन् । 

नेपालले सङ्गठन सुदृढीकरण अभियानका दौरानमा अद्यावधिक गरिएका पार्टी र जन सङ्गठनका कमिटी तथा तिनमा सङ्गठित सदस्य सङ्ख्या पनि आफ्नो प्रतिवेदनमा पेश गरेका छन् । 

जुन यसप्रकार रहेका छन्:

Nepal-Communist-Political-Report-6th-CC-Meet-Inner-1-28-34_page-0001Nepal-Communist-Political-Report-6th-CC-Meet-Inner-1-28-34_page-0002Nepal-Communist-Political-Report-6th-CC-Meet-Inner-1-28-34_page-0003Nepal-Communist-Political-Report-6th-CC-Meet-Inner-1-28-34_page-0004Nepal-Communist-Political-Report-6th-CC-Meet-Inner-1-28-34_page-0005Nepal-Communist-Political-Report-6th-CC-Meet-Inner-1-28-34_page-0006Nepal-Communist-Political-Report-6th-CC-Meet-Inner-1-28-34_page-0007

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप