यस्तो छ एकीकृत समाजवादीको सङ्गठनात्मक शक्ति (विवरणसहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको सङ्गठनात्मक संरचना केन्द्र, प्रदेश र स्थानीय गरी मुख्य तहमा विभाजित भएको जनाएको छ ।
जसअनुसार केन्द्रमा केन्द्रीय कमिटी, तीन वटा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्, केन्द्रीय विभाग, प्रदेश तहमा भूगोलका सात वटा प्रदेश कमिटी र स्थानीय तहमा सतहत्तर जिल्ला कमिटी, अधिकांश पालिका कमिटी र आधाभन्दा बढी वडामा वडा कमिटी गठन भएको अध्यक्ष माधव कुमार नेपालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा गैर भूगोल क्षेत्रका विशेष प्रदेश कमिटी, विशेष जिल्ला कमिटी, सम्पर्क कमिटी, विशेष इलाका र सम्पर्क मञ्च तथा प्रवासमा समेत हाम्रो पार्टी फैलिएको उल्लेख छ ।
उपर्युक्त पार्टी कमिटीहरूका अतिरिक्त जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनहरूमा पनि ठुलो सङ्ख्यामा पार्टीका सदस्य एवं समर्थकहरू सङ्गठित भएको नेपालले बताएका छन् ।
नेपालले सङ्गठन सुदृढीकरण अभियानका दौरानमा अद्यावधिक गरिएका पार्टी र जन सङ्गठनका कमिटी तथा तिनमा सङ्गठित सदस्य सङ्ख्या पनि आफ्नो प्रतिवेदनमा पेश गरेका छन् ।
जुन यसप्रकार रहेका छन्:







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण