आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तोकिएको भन्दा धेरै शुल्क नलिन बीमा प्राधिकरणको निर्देशन

मङ्गलबार, ०५ भदौ २०८०, १९ : ०२
मङ्गलबार, ०५ भदौ २०८०

बुटवल  । रुपन्देहीलगायत विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ ढुवानीकर्तासँग बीमा कम्पनीमा बुझाउने भन्दा धेरै शुल्क लिएको प्रति नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण भएको छ ।  

नेपाल पेट्रोलियम  डिलर राष्ट्रिय एसोसियनले कम्पनीलाई बुझाउने भन्दा धेरै रकम लिएको गुनासो आएपछि  प्राधिकरणले एक सूचना जारी गर्दै तोकिएको भन्दा धेरै रकम नलिन निर्देशन दिएको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थ दुवानीकर्ताहरुको संस्था नेपाल पेट्रोलियम  डिलर एसोसिएसन  विभाजन भएपछि उक्त बीमाको नाममा धेरै रकम लिएको विषय बाहिर  आएको हो ।

उक्त एसोसिएसन विभाजनपछि नेपाल पेट्रोलियम  व्यवसायी संघ भएको छ ।

अहिले व्यवसायीहरु पुरानो संघबाट बीमा गर्ने कि नयाँमा जाने भन्ने आआफ्नो  निर्णय देशभर गर्दैछन् ।  रुपन्देहीमा पनि दुवै संस्थाहरू बीमाको रकम लिन थालेका छन् । 

रुपन्देहीको भलवारीबाट  पुरानो संस्थाले लिने रेट भन्दा नयाँको कम भएपछि व्यावसायीहरु नेपाल पेट्रोलियम व्यवसायी संघसंग सम्झौता गरेको नेको इन्स्योरेन्ससँग जोडिन थालेका छन् ।

पेट्रोलियम पदार्थ ढुवानीका क्रममा कुनै भवितव्य परी पेट्रोलियम पदार्थमा भएको क्षतिको भड्ताल गर्ने बीमा नीति ट्रान्जिट बीमा हो । यो बीमाले व्यापारिक तथा व्यक्तिगत रूपमा भएका क्षतिको शोधभर्ना गरिदिन्छ ।

संघका अनुसार निगमको डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्रत्येक व्यवसायीको नाममा प्रत्येक चलानअनुसार मूल्य अभिवृद्धि कर बिजकसहितको बीमा लेख नेको इन्स्योरेन्सबाट प्रत्यक्ष जारी गर्नेछ ।

पेट्रोलियम पदार्थ ढुवानी गर्दा ट्याङ्कर दुर्घटना भई पेट्रोलियम पदार्थमा हुने क्षतिको जोखिम बहन गर्न लागू गरिएको ट्रान्जिट बीमाले प्रत्यक्ष रूपमा व्यवसायीहरूलाई लाभ हुने संघले जनाएको छ ।

उक्त सम्झौताअनुसार गरिने बीमा नियमनकारी निकायद्वारा जारी भएको सामुद्रिक बीमादर निर्देशिकाअनुरूप हुने पनि संघका कार्यवाहक अध्यक्ष राजेन्द्र गुप्ता र महासचिव आत्मराम थापाले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । 

विगत आठ वर्षदेखि एसोसियनमा अध्यक्ष रहेका लिलेन्द्र प्रधानले व्यवसायीको हितमा काम गर्न नसकेपछि छुट्टै संघ गठन गर्नु परेको संघले जनाएको छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप