रुपन्देहीमा सीमा सहजीकरण समिति गठन
मङ्गलबार, ०५ भदौ २०८०, २१ : ५८
बुटवल । रुपन्देहीमा सीमा सहजीकरण समिति गठन गरिएको छ । नेपाल–भारत सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण सहयोग, सीमा स्तम्भहरूको अवस्था तथा सीमा आबद्ध अपराध, विपद्जन्य प्रकोप एवं सङ्क्रामक रोगहरूमा सहयोगको लागि समिति गठन गरिएको हो ।
नेपालभर सीमासँग जोडिएका वडाहरूमा सीमा सहजीकरण समिति गठन गर्ने कार्यक्रमअनुसार सिद्धार्थनगर नगरपालिका–१ मा उक्त समिति गठन गरिएको सीमा सुरक्षा गुल्म डन्डाका सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी अरुण कुमार शर्माले बताए ।
उनले सीमा क्षेत्रमा विभिन्न निकाय खटिएकासँग सहकार्य गर्ने उद्देश्यले हेडक्वाटरको कार्यक्रमअनुसार वडा नम्बर १ मा यो समिति गठन गरिएको खुलाए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्ज्वल पोखरेलको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण