४९ औँ दीक्षान्तका लागि अनलाइन आवेदन खुला, साइट ‘मेन्टेनेन्स’ गर्नुपर्ने भन्दै बन्द
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा ४९ औं दीक्षान्तका लागि आवेदन खुला गरिएको छ । आवेदन फारम भदौं ४ गतेदेखि खुलेको हो । त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ । तर, भदौं ६ गतेसम्म पनि अनलाइन भने ‘अण्डर मेन्टेनेन्स फेज’ भनेर देखाइएको छ । मर्मत पुरा हुँदा सम्म प्रतिक्षा गर्न भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयको अनलाइन प्रणालीले विद्यार्थीलाई भने असोज ४ गतेसम्मको समय दिएको छ । त्यो अवधिभित्र आवेदन दिइसक्न भनेको हो ।
अनलाइन प्रणाली मर्मतको क्रममा रहेकाले चाडै खुल्न परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतेसम्म सेमेष्टर तथा वार्षिक प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थी र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पुरा गरेकाहरू आवेदन दिन पाउनेछन् ।
त्यो अवधिभित्रमा ट्रान्सकृप्ट लिइसकेका विद्यार्थीले भदौं ४ देखि असोज ४ गतेसम्म आईपुग्ने गरी अनलाइन मार्फत आवेदन दिन भनेको हो ।
दिक्षान्त समारोहमा भाग लिदनका लागि स्नातक तहमा ३ हजार ७०० रूपैयाँ शुल्क÷धरौटी बुझाउनुपर्ने हुन्छ । त्यस्तै स्नातकोत्तर तथा एमफिका लागि ४ हजार २०० र पिएचडीका लागि ४ हजार ७०० रूपैयाँ बुझाउनुपर्ने हुन्छ । दिक्षान्त समारोहमा २ जनासम्म अभिभावक सरिक गराउन सकिनेछ । अभिभावक सरिक गराउने भएमा थप ३०० रूपैयाँ फिर्ता नहुने गरी प्रति अभिभावकका दरले शुल्क बुझाउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण