सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

४९ औँ दीक्षान्तका लागि अनलाइन आवेदन खुला, साइट ‘मेन्टेनेन्स’ गर्नुपर्ने भन्दै बन्द

बुधबार, ०६ भदौ २०८०, १२ : ३४
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा ४९ औं दीक्षान्तका लागि आवेदन खुला गरिएको छ । आवेदन फारम भदौं ४ गतेदेखि खुलेको हो । त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ । तर, भदौं ६ गतेसम्म पनि अनलाइन भने ‘अण्डर मेन्टेनेन्स फेज’ भनेर देखाइएको छ । मर्मत पुरा हुँदा सम्म प्रतिक्षा गर्न भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयको अनलाइन प्रणालीले विद्यार्थीलाई भने असोज ४ गतेसम्मको समय दिएको छ । त्यो अवधिभित्र आवेदन दिइसक्न भनेको हो । 

अनलाइन प्रणाली मर्मतको क्रममा रहेकाले चाडै खुल्न परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतेसम्म सेमेष्टर तथा वार्षिक प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थी र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पुरा गरेकाहरू आवेदन दिन पाउनेछन् । 
त्यो अवधिभित्रमा ट्रान्सकृप्ट लिइसकेका विद्यार्थीले भदौं ४ देखि असोज ४ गतेसम्म आईपुग्ने गरी अनलाइन मार्फत आवेदन दिन भनेको हो । 

दिक्षान्त समारोहमा भाग लिदनका लागि स्नातक तहमा ३ हजार ७०० रूपैयाँ शुल्क÷धरौटी बुझाउनुपर्ने हुन्छ । त्यस्तै स्नातकोत्तर तथा एमफिका लागि ४ हजार २०० र पिएचडीका लागि ४ हजार ७०० रूपैयाँ बुझाउनुपर्ने हुन्छ ।  दिक्षान्त समारोहमा २ जनासम्म अभिभावक सरिक गराउन सकिनेछ । अभिभावक सरिक गराउने भएमा थप ३०० रूपैयाँ फिर्ता नहुने गरी प्रति अभिभावकका दरले शुल्क बुझाउनुपर्नेछ ।

tribhuwan-university

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप