रवि लामिछानेको प्रश्न : यतिका दिनसम्म संसद किन बन्द भयो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले साउन १० गते देखि भएको संसद अवरोधबारे प्रश्न उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘ यतिका दिनसम्म संसद किन बन्ध भयो ? यो संसद कसले बन्द गर्यो ? नेपाली जनताको आवाज किन बन्द भयो ? यो गम्भीर प्रश्न खडा भएको छ ।’
संसद बन्द हुँदा विभिन्न महत्वपूर्ण ऐनमाथि छलफल हुन नसकेकोमा लामिछानले रोष प्रकट गरे । ‘आज मुलुकको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको छ । यो सदनमा देशको अर्थतन्त्र उकास्ने छलफल हुनुपर्थ्यो । इकोनमिकको कुरा हुनुपर्थ्यो । इमोसनको कुराले ठाउँ लिँदा अर्थतन्त्र धरासयी भएको छ,’ उनले भने ।
भारत र चीन आर्थिक उन्नतिको शिखरमा पुग्दा हामी प्रहरीको सरुवा बढुवामा आँखा लगाए बसेको उनको भनाइ छ । ‘ यो भन्दा लज्जाको विषय आर्थिक अवस्थामा टाँट पल्टिन लागेको विषय के हुन सक्छ ? यो लज्जाको विषय हो ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण