उच्चस्तरीय आयोग गठनबारे शर्माको टिप्पणी : प्रतिपक्षलाई विश्वासमा लिन बनाइएको रंगिन टालो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका छन् ।
बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको बताए ।
महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सीआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताए । उनले अब हुने अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।
महामन्त्री शर्माले सरकारले सुन तस्करीसहित विभिन्न तस्करीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म