बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छ: उपप्रधानमन्त्री खड्का

शुक्रबार, ०८ भदौ २०८०, १५ : ५४
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खलबल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताएका छन् । 

शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खलबल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताएका हुन् । 

सद्भाव खलबल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै यसप्रति सबै तहका सरकार, राजनीतिक दलहरू र आम नेपाली जनता सचेत हुनुपर्ने बताए । उनले आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडी बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताए । 

उनले सामाजिक सद्भाव खलबल्याउन अघि बढ्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बताए । आपसी सद्भावलाई मजबुत बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा खड्काले जोड दिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप