ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान
काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको जनाएको छ ।
अस्पतालहरुमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीहरुबाट महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

साथै, सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर सञ्चालनसम्बन्धि विशेष तालिम पनि प्रदान गराइएको थियो । बैंकले डा.महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा “न्यानो नानी परियोजना” अन्तर्गत पछिल्लो ३ वर्षमा देशका ३५ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण