बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

शुक्रबार, ०८ भदौ २०८०, २० : ४५
शुक्रबार, ०८ भदौ २०८०

मुस्लिन । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरू मुग्लिन र काठमाडौँबाट  मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप