विदेशमा शाहरुखको क्रेज : अमेरिकामा जवानको १० हजार अग्रिम टिकट बिक्री
मुम्बई । अमेरिकामा शाहरुख खान स्टारर फिल्म ‘जवान’का लागि १० हजार टिकट अग्रिम बुकिङ गरिएको छ । जबकि फिल्म रिलिज हुन अझै १५ दिन बाँकी छ ।
फिल्मले अहिलेसम्म अमेरिकामा अग्रिम बुकिङबाट मात्रै १.३६ करोड भारतीय रुपैयाँ कमाएको बलिउडको ब्यापारबारे जानकारी राख्ने निशित शाले बताए । यसअघि शाहरुखको फिल्म पठानले पनि रिलिजको पाँच दिनअघि नै अग्रिम बुकिङबाट करिब १ करोड कमाएको थियो ।
हालै विश्लेषक मनोबाला विजयबालनले पनि एक्समा फिल्मको अग्रिम बुकिङसँग सम्बन्धित तथ्यांक सेयर गरेका छन् । उनले लेखेका छन्, ‘जवानले रिलिज हुनुभन्दा दुई साताअघि अग्रिम बुकिङबाट करिब १.२५ करोड भारतीय रुपैयाँ कमाएको छ ।
अमेरिकाका करिब ३६७ स्थानमा फिल्मको १६०७ शो हेर्न सकिन्छ। फिल्मको हिन्दी शोका लागि करिब ९ हजार २०० टिकट बिक्री भइसकेको छ भने तेलुगु शोका लागि ३६० टिकट बिक्री भएको छ ।’
विजयबलनले फिल्मले पहिलो दिन १०० करोडभन्दा बढीको ओपनिङ लिन सक्ने बताएका छन् । अर्कोतर्फ चलचित्र प्रदर्शक विशेक चौहानले लेखेका छन्– ‘हामीले पठानका लागि देशैभर बिहान ६ बजेको शो राखेका थियौँ । मलाई अहिले सोधिएको छ कि जवानको पनि बिहान ६ बजेको शो हेर्न पाइन्छ कि ?’
फिल्म सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । फिल्मका निर्देशक एट्ली हुन् । फिल्ममा शाहरुख खानसँगै विजय सेतुपति र नयनतारा पनि देखिनेछन् । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज हुनेछ । फिल्ममा सान्या मल्होत्रा र प्रियमणि पनि देखिनेछन् । जहाँ दीपिका पादुकोण केमियो रोलमा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण