सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताए ।
“जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु”, उनले भने, “हाम्रो दुश्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो ।” कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरकफरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिए ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सात महिनाको संसदीय अभ्यास पार्टीका लागि उत्कृष्ट भएको बताए । सांसद शिशिर खनालले आउने चुनौतीविरुद्ध सबै रास्वपाका सबै सदस्य एकजुट हुनुपर्ने बताए ।
नगरसभाबाट रास्वपाको टोखा नगरसमिति गठन गरिएको छ । समितिको सभापतिमा सूर्यप्रसाद काफ्ले, उपसभापतिमा केशु पन्त गौतम, सचिवमा किरण बर्तौला र कोषाध्यक्षमा नन्दलाल अधिकारी तथा सदस्यमा सुधा खड्का, रघुनाथ केसी, रिना नेपाली, गङ्गा गुरुङ, राज अधिकारी, ख्यामबहादुर भारती र कपिलनाथ पङ्गेनी चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण