सद्भाव खलबल्याउने मान्छेलाई सामाजिक सञ्जालबाटै बहिष्कार गरौँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खलबल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका उनले भने, ‘हाम्रो दुस्मन, गरिबी र अशिक्षा हो । बेरोजगारी हो । यो साझा दुस्मन हो । आज जातीय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम, थामथुम, हुन्छन् भनेर त्यतातिर तपाईलाई आगो झोसिरहेका छन्, खबरदार । यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन । कानुनी रूपमा वर्जित काम गर्न पाइँदैन । कानुनी राज्यमा कानुनले जे भन्छ त्यसलाई मान्नुपर्छ । एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य हामी कसैले गर्नुहुँदैन । सद्भाव खलबल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन ।’
उनले समाजको सद्भाव खलबल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे । उनले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भई गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे ।
उनले भने, ‘अहिले पनि कतिपय मानिसहरू प्रश्न सोध्नुहुन्छ, त्यो प्रश्नभित्र नियत बसेको हुन्छ । बङ्ग्याएर, टिङ्ग्याएर, गलत हेडलाइन दिएर जुधाउने एउटा जाति र अर्को जातिलाई लडाउने अभिव्यक्ति दिने त्यस्ता मिडिया हेर्दा पनि नहेर्नुस्, त्यस्ता सोसल मिडिया अकाउण्ट भएका मानिसहरू ब्लक गर्नुहोस् । समाजको सद्भाव खलबल्याउने मान्छेहरू किन ब्लक नगर्ने ? समाज सद्भाव बोक्ने मान्छेलाई खोज्ने हो । फूल रोप्ने मान्छेलाई खोजी खोजी माया गरौँ, काँडाले घोच्ने मान्छेबाट टाढा बसौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण