लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा.लामाबीच भेटवार्ता
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाबीच भेटवार्ता सम्पन्न भएको छ।
लुम्बिनी होक्के होटलमा करिब एक घन्टाको भेटवार्तामा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरु योजना अहिलेसम्म पूरा भएको बारे चिन्ता व्यक्त गर्दै गुरु योजनाको लक्ष्य यथाशीघ्र पूरा गर्न बारे विशेष छलफल भएको हो।
यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकार एेक्यवद्ध रहेको समेत भेटमा मुख्य मन्त्री चौधरीले जनाएका छन् ।
लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको उपाध्यक्ष डा.लामाले भेटमा मुख्य मन्त्री चौधरीलाई जानकारी गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण