‘किस’ विवादमा स्पेनिस फुटबल महासंघका अध्यक्ष निलम्बित
शनिबार, ०९ भदौ २०८०, २१ : १४
१
मड्रिड । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सलाई फिफाले निलम्बन गरेको छ । फिफाको अनुशासन समितिले यो जानकारी दिएको हो ।
स्पेनिस महिला फुटबल खेलाडी जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सले आफूलाई चुम्बन गर्दा आफ्नो सहमति नभएको बताएकी छन् । स्पेनका ८० भन्दा बढी महिला खेलाडीले रुबियालेसलाई पदबाट नहटाएसम्म मैदानमा नजाने बताएका छन् ।
स्पेनले गत आइतबार महिला विश्वकपको फाइनलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो । यस क्रममा रुबियालेजले स्पेनिस महिला खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण