संसदीय समिति निर्वाचन : कांग्रेसबाट राणा, खतिवडा र चालिसे बने उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसले तीनवटा विषयगत समिति सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेस संसदीय दलले प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार रामहरि खतिवडालाई बनाएको छ ।
देउवाले समितिको सभापति बनाउने नै कानुन समितिबाट खतिवडा सुशासन समितिमा ल्याएका थिए । यस्तै अर्थ समितिको सभापतिमा काठमाडौँ– ३ बाट निर्वाचित सन्तोष चालिसेलाई कांग्रेसले उम्मेदवार बनाएको छ । नेता प्रकाशमान सिंहनिकट चालिसे दीपक खड्का र रामनाथ अधिकारीलाई पन्छाएर सभापतिको उम्मेदवार बन्न सफल भएका छन् ।
कांग्रेसका एक सांसदकाअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणालाई उम्मेदवार बनाइने छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणा समानुपातिक सांसद हुन् । संसदका संयुक्त र विषयगत गरी १२ कांग्रेसको भागमा चार समितिको नेतृत्व परेको छ ।
संसदीय सुनुवाइ समितिको सभापतिको उम्मेदवार बने कांग्रेसले टुंगो लगाइएको छैन । पार्टीका सहमहामन्त्री तथा सांसद जीवन परियारको नाम चर्चामा छ । तर, परियारले आफूलाई सभापतिको उम्मेदवार नबनाइएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण