शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जाम घटाउने लक्ष्यसहित ललितपुर महानगरले सुरु गर्‍यो ‘प्यारालाल पार्किङ’

आइतबार, १० भदौ २०८०, १२ : २७
आइतबार, १० भदौ २०८०

ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि समानान्तर पार्किङ सुरु गरेको छ । ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले आजदेखि सडकको एकपट्टि समानान्तर पार्किङ सुरु गरेको रातोपाटीलाई जानकारी दिए ।

viber_image_2023-08-27_09-20-47-629

उनका अनुसार यसअघि सवारीलाई सडकमा छड्के पारेर राख्ने गरिएको थियो । जसले गर्दा बाटोको आधा भाग डाक्दै आइरहेको थियो । हाछेथुले छड्केरुपमा गाडी पार्किङ गर्दा सडकको करिब २८  फिटसम्म ढाक्ने गरेको बताए । तर, आजदेखि समानान्तर (सिधारुपमा) पार्किङ सुरु गरेपछि जाम हट्ने उनको भनाई छ ।

viber_image_2023-08-27_09-18-48-487

कुमारीपाटी स्कुल कलेजको हब समेत हो । यस्तै, ललितपुरको ठुला बजारहरूको सूचीमा कुमारीपाटी समेत पर्छ । लगनखेल जाने प्रमुख नाका समेत भएकाले यस स्थानमा धेरै जाम हुने गरेको छ । यही जामलाई व्यवस्थापन गर्ने लक्ष्यसहित महानगर प्रमुख चिरिबाबु महर्जनले समानान्तर पार्किङ सुरु गरेका हुन् । उनले स्थानीयबासिन्दा र व्यापारीको समन्वयमा समानान्तर पार्किङ सुरु गरेका हुन् ।

viber_image_2023-08-27_09-18-01-206

‘अस्तव्यस्त पार्किङ व्यवस्थाले सडक अव्यवस्थित बन्दा सडकमा सवारी दुर्घटना समेत हुने गरेको थियो,’ हाछेथुले भने, ‘कुमारीपाटी आसपासको ७३४ मिटरमा फैलिएको छ ।’ यसबाट, जावलाखेलदेखि पाटनढोका जाने क्षेत्रसम्म पार्किङ व्यवस्थित बन्ने उनको भनाई छ ।

महानगरले जावलाखेलबाट लगनखेल जाँदा बायाँतर्फ पार्किङको व्यवस्था गरेको हो ।

viber_image_2023-08-27_09-01-06-232

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप