जाम घटाउने लक्ष्यसहित ललितपुर महानगरले सुरु गर्यो ‘प्यारालाल पार्किङ’
ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि समानान्तर पार्किङ सुरु गरेको छ । ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले आजदेखि सडकको एकपट्टि समानान्तर पार्किङ सुरु गरेको रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार यसअघि सवारीलाई सडकमा छड्के पारेर राख्ने गरिएको थियो । जसले गर्दा बाटोको आधा भाग डाक्दै आइरहेको थियो । हाछेथुले छड्केरुपमा गाडी पार्किङ गर्दा सडकको करिब २८ फिटसम्म ढाक्ने गरेको बताए । तर, आजदेखि समानान्तर (सिधारुपमा) पार्किङ सुरु गरेपछि जाम हट्ने उनको भनाई छ ।

कुमारीपाटी स्कुल कलेजको हब समेत हो । यस्तै, ललितपुरको ठुला बजारहरूको सूचीमा कुमारीपाटी समेत पर्छ । लगनखेल जाने प्रमुख नाका समेत भएकाले यस स्थानमा धेरै जाम हुने गरेको छ । यही जामलाई व्यवस्थापन गर्ने लक्ष्यसहित महानगर प्रमुख चिरिबाबु महर्जनले समानान्तर पार्किङ सुरु गरेका हुन् । उनले स्थानीयबासिन्दा र व्यापारीको समन्वयमा समानान्तर पार्किङ सुरु गरेका हुन् ।

‘अस्तव्यस्त पार्किङ व्यवस्थाले सडक अव्यवस्थित बन्दा सडकमा सवारी दुर्घटना समेत हुने गरेको थियो,’ हाछेथुले भने, ‘कुमारीपाटी आसपासको ७३४ मिटरमा फैलिएको छ ।’ यसबाट, जावलाखेलदेखि पाटनढोका जाने क्षेत्रसम्म पार्किङ व्यवस्थित बन्ने उनको भनाई छ ।
महानगरले जावलाखेलबाट लगनखेल जाँदा बायाँतर्फ पार्किङको व्यवस्था गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण