संसदीय समिति निर्वाचन
संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको गठबन्धन : पोखरेल र शाहको उम्मेदवारी दर्ता
आइतबार, १० भदौ २०८०, १३ : १८
काठमाडौँ । सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेस सांसद राजेन्द्र केसी प्रस्तावक रहेका छन् भने एमाले सांसद दामोदर भण्डारी समर्थक रहेका छन् ।
त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक रहेकी छन् भने एमाले सांसद अस्मा कुमारी चौधरी समर्थक बनेकी छन् ।
संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण