बबिराज भए ‘फेस अफ द नेशन २०२३’ को विजेता
काठमाडौँ । ‘फेस अफ द नेशन २०२३’का विजेता बबिराज कार्की भएका छन् । शनिबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा १५ प्रतिस्पर्धीलाई उछिन्दै कार्कीले उपाधि जितेका हुन् ।
कार्यक्रममा आलोक महर्जनले फस्ट रनर अपको उपाधीसँगै बेष्ट ट्यालेण्टको अवार्ड हात पर्दा शुभेक्षा बस्नेतले सेकेन्ड रनर अपको उपाधिसहित भ्युअर च्वाईसको अवार्ड जितिन् ।
विधागत अवार्डतर्फ पब्लिक च्वाईसमा आशिष थापा मगर र पब्लिक च्वाइसकै रनर अपमा प्रकृति तामाङ विजयी भए ।
मोडल सङ्स नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा छनोटचरण पार गरेर आएका प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास तथा मोडलिङ क्षमता अभिवृद्धिसम्बद्ध करिब एक महिना लामो प्रशिक्षण पश्चात् प्रतिस्पर्धीहरुलाई अन्तिम स्पर्धामा स्टेजमा उतारिएको आयोजक संस्था मोडल सङ्स नेपालकी अध्यक्ष स्वस्ती दंगालले बताइन् ।
रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा सञ्चालित प्रतियोगितामा सरोज ओझा, रेजिना तुलाधर, महेश केसी, माधवराज खरेल, विनोद ढकाल, डा. रमानन्द चौधरी, मनोज जोशी र शुभेक्षा ढकाल निर्णायक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण