डिश मिडिया नेटवर्क लिमिटेडका ईभीपी रमेश सापकोटा एक्ससिलेन्सी अवार्ड २०२३ मार्फत सम्मानित
आइतबार, १० भदौ २०८०, १५ : ०१
काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेडका एक्युटिभ भ्वाइस प्रेसिडेन्ट रमेश सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्ड, २०२३ मार्फत सम्मानित भएका छन् । इन्टरनेट सेवा प्रदायक विधामा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको कम्पनीले बताएको छ ।
रमेश सापकोटाको नेतृत्वमा डिशहोम फाइवरनेटले महत्त्वपूर्ण उपलब्धि हाँसिल गर्न समेत सफल भएको कम्पनीको भनाइ छ । फाइबर नेटवर्कको द्रुत विस्तार र उत्कृष्ट सेवाहरूको साथ, डिशहोम फाइबरनेटले तीन लाख ग्राहकहरू बनाउन सफल भएको छ । यो उपलब्धिले ग्राहकको विश्वास र सन्तुष्टिलाई कायम राख्नको लागि सिमलेस र उच्च गतिको इन्टरनेट प्रदान गर्ने प्रतिबद्धता समेत कम्पनीले पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण