ललिता निवास प्रकरणको ८३३ पृष्ठ लामो अभियोगपत्रमा के छ ? (पूर्णपाठसहित)

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा ललिता निवास प्रकरणमा २३९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबी गरिएको छ ।
कुल २८९ जनालाई प्रतिवादी बनाइनुका साथै मृत्यु भइसकेका २१ जनालाई समेत प्रतिवादी बनाइएपनि बिगोसहितको मागदाबी भने २३९ जनासँग माग भएको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रमा सीआईबीले अनुसन्धान गरेर बुझाएको फाइलमा केही संशोधन गरिएको छ। सीआईबीले सञ्चारसचिव कृष्ण बहादुर राउतलाई प्रतिवादी नबनाएपनि जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ ।
प्रतिवादी नम्बर १ मा रामकुमार सुवेदीलाई बनाइएको छ । यस्तै माधवी सुवेदीलाई दोस्रो, शोभाकान्त ढकाललाई तेस्रो, कृष्ण बहादुर राउतलाई चौथो र शिवजी भट्टराईलाई पाँचौ स्थानमा राखेर मुद्दा चलाइएको छ ।
यस्तै अन्तिम नम्बरमा सज्जन कुमार चाचनलाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरुसँग ६ अर्बदेखि ४२ लाखसम्मको बिगो मागदाबी गरिएको छ । अदालतमा दायर मुद्दामा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग १० करोड ५१ लाखभन्दा बढी बिगो मागदाबी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद