बाँकेमा भिन्नाभिन्नै दुर्घटनामा ३ जनाको मृत्यु
नेपालगञ्ज । बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना र सर्पले टोकेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँकेको जानकी गाउँपालिका–५ स्थित रामगाउँको नालामा डुबेको अवस्थामा आज एकजना मृत अवस्थामा फेला परेका छन् । दुई दिनदेखि घरबाट सम्पर्कविहीन भएका जानकी गाउँपालिका–४ निवासी ३५ वर्षीय शिवकुमार बर्मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ को भित्री गल्लीमा तीव्रगतिमा रहेको मोटरसाइकल छाडा पशु चौपायासँग ठोक्किँएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजापुरका ३६ वर्षीय प्रदीप थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए ।
प्रहरीका अनुसार लु ८२ प ६४६८ नं को मोटरसाइकल अनियन्त्रित हुँदा छाडा चौपायासँग ठोक्किँएको थियो । उनको गएराति उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
साथै सर्पले टोकेर उपचारका क्रममा रहेका एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकी विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।
भदौ ५ गते राति ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई सर्पले टोकेको थियो । पाँच दिनपछि उनको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण