सिरहाको अम्बासमा बस्ने एमाले सचिवालय बैठकको तयारी पुरा
काठमाडौँ । सिरहाको अम्बासमा बस्ने नेकपा एमालेको सचिवालय बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । यही भदौ ९ गते बस्ने भनिएको एमाले सचिवालय बैठक अम्बासमा बाढी आएपछि बुधबारसम्मका लागि स्थगित भएको थियो ।
बुधबार बस्ने बैठकको सम्पूर्ण तयारी पुरा भएको एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले बताए । उनका अनुसार बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ ।
अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव चयन भएका थिए । एमालेको ऐतिहासिक स्थान भएकाले सो ठाउँमा पार्टीको सचिवालय बैठक राखिएको हो । भट्टराईका अनुसार सो महाधिवेशनले राज्य व्यवस्था पनि बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भने नीति पास गरेको थियो ।
एमालेले माक्सवाद, लेलिनवादलाई दर्शन सिद्धान्तको रुपमा सो महाधिवेशनले पास गरेको भन्दै सचिव भट्टराईले पञ्चायती व्यवस्थाको अन्त्यका लागि संयुक्त मोर्चा बनाएर जानुपर्ने निर्णय पनि गरिएको थियो । संयुक्त मोर्चाका कारण पञ्चायती व्यवस्थाको अन्त्य भएकाले अमवास एमालेका लागि ऐतिहासिक ठाउँ रहेको उनले बताए ।
कम्युनिष्ट आन्दोलनको ७५ वर्ष पुगेको उपलक्ष्यमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सचिवालयको बैठकले सम्मान गर्ने उनले बताए । सो ठाउँमा मदन भण्डारी नामको एउटा स्कुल समेत रहेको छ ।
जसका लागि १८ कट्टा जमिन पनि पार्टीले खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण