यस दिन सार्वजनिक हुँदै छ एप्पलको आइफोन १५
आइफोन १५ सिरिजको प्रतीक्षा गरिरहेकाहरूका लागि खुसीको खबर छ । क्यालिफोर्नियामा अवस्थित दिग्गज कम्पनी एप्पलले आइफोन सार्वजनिक गर्ने मिति तोकेको छ । एप्पलको ‘वान्डरलस्ट’ कार्यक्रम १२ सेप्टेम्बरमा आयोजित गरिनेछ र यसलाई अनलाइन लाइभ स्ट्रिम गरिनेछ । यसै कार्यक्रममा कम्पनीले आफ्नो आइफोन सिरिजका साथै अन्य उत्पादन पनि सार्वजनिक गर्नेछ जसमा एप्पल वाच ९, एप्पल वाच अल्ट्रा २ हुने आशा गरिएको छ ।
यसबाहेक कार्यक्रममा आइओएस १७ र वाचओएस पनि पेस गर्ने सम्भावना छ । यद्यपि, एप्पलको कार्यक्रममा कुन उत्पादन लन्च गरिने भन्ने बारे कम्पनीले कुनै जानकारी भने दिएको छैन ।
एप्पलले आधिकारिक रूपमा ‘वान्डरलस्ट’ नामको कार्यक्रमका लागि निमन्त्रणा पठाएको छ । यो कार्यक्रममा १२ सेप्टेम्बरमा एप्पल पार्कमा बिहान १० बजे (नेपाली समयानुसार राती पौने ११ बजे) सुरु हुनेछ । लन्च इभेन्टलाई एप्पल डट कम र एप्पल टिभी एपमा अनलाइन लाइभ स्ट्रिम गरिनेछ ।
उक्त कार्यक्रममा आइफोन १४ सिरिज लन्च हुनेछ जसमा आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स समावेश हुनेछ । यी भेरियन्टको स्पेसिफिकेसन, डिजाइनका साथै कलर अप्सनबारे विभिन्न अफवाह फैलिसकेको छ ।
यसपटकको सबैभन्दा ठुलो परिवर्तन यो हुनेछ
यो आइफोन सिरिज लाइनअपका लागि सबैभन्दा ठुलो अपडेट भनेको यसमा लाइटनिङ पोर्टको साटो युएसबी टाइप–सी चार्जिङ पोर्ट हुनेछ ।
यसका साथै कम्पनीको कार्यक्रममा दुई नयाँ स्मार्टवाच एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि पेस गरिने आशा गरिएको छ । एप्पल वाच सिरिज ९ मा एल्युमिनियम बडीका लागि पाँच वटा कलर अप्सन र स्टेनलेस स्टिल मोडलका लागि तीन वटा कलर अप्सन दिइने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण