बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१४ प्रतिशत लाभांश वितरण गर्ने माछापुच्छ्रे बैंकको निर्णय

बुधबार, १३ भदौ २०८०, ११ : ०५
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत ९कर सहित० लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । 

बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्नेछ ।  

बैंकले ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप