व्यङ्ग्य कविता मार्फत शैलेन्द्रले ल्याए गाईजात्रा कोसेली
काठमाडौँ । चर्चित हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडाले गाईजात्रा पर्वको अवसर पारेर डिजिटल गाईजात्रे प्रस्तुति ‘गाईजात्रा २०८०’ सार्वजनिक गरेका छन् । ४६ वर्षदेखि नियमित गाईजात्राका अवसरमा विभिन्न हास्यव्यङ्ग्य कार्यक्रममा प्रस्तुत हुँदै आएका सिम्खडाले युट्युब मार्फत करिब १२ मिनेट लामो हास्यव्यङ्ग्य कविता प्रस्तुत गरेका हुन् ।
राजनीतिक, सामाजिक आर्थिकलगायतका विषयमा उनले हास्यव्यङ्ग्य कविता मार्फत चोटिलो प्रहार गरेका छन् । उनी आफ्नो प्रस्तुतिमा समाजमा विद्यमान विसङ्गति र विकृतिलाई प्रहार गर्न कहिल्यै चुक्दैनन् ।
कोरोनाको २ वर्ष भच्युअल गाईजात्रा प्रस्तुति दिएका सिम्खडा मनोज गजुरलेलगायतका कलाकारका ‘८० सालको गाईजात्रा’ कार्यक्रममा पनि सहभागी छन् । उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा आयोजना हुने यो गाईजात्रा उनी सहभागी हुने ४४ गाईजात्रा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण