ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पुरानो कूटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचकासाथ काम अगाडि बढाएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको बताए ।
नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरे ।
ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भएपनि जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै त्यसबाट जोगिनका लागि अनुकूलनका उपायहरुको खोजी गरिरहेको बताए ।
सो अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा समेत महत्त्वपूर्ण छलफल भएको ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।
बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका बारेमा नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण