ह्याम्स हस्पिटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।
इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक डाक्टर र एक नर्सले ’स्ट्रङ इमर्जेन्सी ब्याकअप’ सहित सेवा प्रदान गरिने ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए । हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा प्रदान गरिने भन्डारी बताउँछन् ।
विमानस्थलमा इमर्जेन्सी सेवा पछि थप उपचार गर्नुपरे ह्याम्स हस्पिटल सम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भण्डारीले जानकारी दिए । सम्झौताअनुसार विमानस्थलमा ह्याम्स हस्पिटलको एम्बुलेन्स चैबिसै घण्टा उपलब्ध हुनेछ ।
यस सम्झौताअनुसार विमानस्थलमा ह्याम्स हस्पिटलले क्लिनिक सन्चालन गर्न आवश्यक स्थान नागरिक उड्डयन कार्यालयले निःशुल्क उपलब्ध गराउने बताइएको छ । हस्पिटलको तर्फबाट हवाई यात्रु तथा विमानस्थल कर्मचारीका लागि स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य उपचार, आपतकालीन सेवा अन्तर्गत अचानक हृदयघात हुँदाको अवस्थामा एईडी सेवाले यात्रु तथा कर्मचारीलाई थप सहज हुने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता ३ वर्षका लागि गरिएको हो ।
यस्तै जहाज दुर्घटना हुँदाको अवस्थामा उद्धारमा तत्काल उपस्थिति र स्वास्थ्य शिविर लगायतको व्यवस्थाले यात्रु तथा कर्मचारीहरूलाई थप सुविधा प्राप्त हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । सम्झौता पत्रमा ह्याम्स हस्पिटलको तर्फबाट वरिस्ठ निर्देशक सची रेग्मी र विमानस्थलको तर्फबाट कर्पोरेट महाशाखा प्रमुख नारायणी देवी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
-
क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
-
बालकुमारीमा खैरो हेरोइन काराेबारीमाथि गोली प्रहार
-
भरतपुरमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण