आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कृषिलाई प्राथमिकतामा राखेमात्रै देशको विकास सम्भव : राजेश हमाल

बिहीबार, १४ भदौ २०८०, १८ : २१
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । कलाकार राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताएका छन् ।  बिहीबार काठमाडौँ आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

हमालले नेपालको विकास गर्न कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताए । नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो  कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताए । आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको उनले बताए ।

कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ । जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिष्पर्धा हुनेछ । कार्यक्रम सञ्चालन हमालले गर्नेछन् । दुवैतर्फ एक÷एक विजेता चयन हुनेछन् । विजेताले १० लाखभन्दा बढी नगद पाउनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप