सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
एकल साँझमा व्यापार

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको बेइमानी, निःशुल्क भनेर हजारको टिकट थमाएपछि...

शुक्रबार, १५ भदौ २०८०, १६ : २२
शुक्रबार, १५ भदौ २०८०

 काठमाडौं । वरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक एवं स्रष्टा नारायण रायमाझीको एकल साँझ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गुञ्जिरहेको छ । तर, आयोजकले झुटको खेती गर्दा स्रष्टा रायमाझीलाई प्रत्यक्ष हेर्न आएका कयौँ दर्शक रुष्ट बनेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजित सांगीतिक साँझ कार्यक्रम कमलादीमा भद्रगोल देखिन्छ । टाढा–टाढा बाट स्रष्टा रायमाझीलाई हेर्न आएका दर्शक–स्रोता पनि आयोजकबाट दिक्क छन् र गाली गरिरहेका छन् ।

कार्यक्रमको प्रचारमा आयोजकले सबै दर्शकलाई निःशुल्क भनेर विज्ञापन गरेर अन्तिममा १ हजारको टिकट भिडाउन खोजेको आगन्तुकहरूको गुनासो छ । कार्यक्रम हल प्रवेशद्वारमा आयोजकका प्रतिनिधिहरू टिकट बाँड्न र बेच्न व्यस्त छन् । अर्कातर्फ निःशुल्क कार्यक्रम हेर्न पाइन्छ भन्ने आशामा आएका बच्चादेखि वृद्धसम्मको भिड भने गुनासो गरिरहेको छ ।

‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदावहार लोकप्रिय गीत सङ्गीतको प्रस्तुति हुने सुनेपछि दौडदै प्रज्ञासम्म आइपुगेका कतिपय दर्शक त लोकदोहोरी प्रतिष्ठानका आजीवन सदस्यसमेत छन्, जो आफैँ हलमा प्रवेश गर्न नपाएर दिक्क छन् । उनीहरूको गुनासो छ, ‘प्रज्ञा प्रतिष्ठानसम्म आएर पनि स्क्रिनमै हेर्नु पर्छ भने हामी घरमै टिभी हेरेर बस्ने थियौँ, आयोजक फटाहा निस्कियो र हामीले दुःख पायौँ ।’

371747404_295945033124361_5315529622174911650_n

आयोजकले निःशुल्क भनेर प्रचार गरे पनि पछि प्रज्ञाको डबलीमा डिजिटल स्क्रिन राखेर दर्शकको चित्त बुझाउने प्रयास गरेको छ । नारायण रायमाझीलाई प्रत्यक्ष हेर्ने रहर बोकेर आएका दर्शकको रहरमाथि आयोजकले घात गरेको छ ।

दुःख पोख्दै केही दर्शकले रातोपाटीसँग भने, ‘रायमाझीका मार्मिक कथा व्यथामा आधारित सयौँ गीत प्रत्यक्ष हेर्न पाउने भन्दै आशा देखाए, हामी बिहानदेखि कार्यक्रमस्थलमा पर्खेर बस्यौँ, हलभित्र जाने बेलामा १ हजारको टिकट काटेरमात्र पाइन्छ भन्छन् ।’

अर्का निराश दर्शकले भने, ‘भदौको तातो घाममा प्रज्ञाको डबलीमा छाताले गर्मी छल्दै जसोतसो प्रस्तुति हेर्नै प¥यो अब । पैसा लाग्छ भन्ने थाहा भएको भए घरमै टिभी हेरेर बसिन्थ्यो नि ।’

अर्कातर्फ कार्यक्रम सुरु भएपछि पनि आयोजकले सांगीतिक कार्यक्रम सबैलाई निःशुल्क नै रहेको दाबी गरिरह्यो । कार्यक्रम सुरु हुनै लाग्दा प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले भने, ‘यो सांगीतिक कार्यक्रम अन्यभन्दा भिन्न हो र सबै दर्शकका लागि यो निःशुल्क हो ।’

यता वर्तमान अध्यक्ष रिता थापामगर भने कुराकानीका लागि रातोपाटीको आग्रहलाई टारिरहिन् । निःशुल्क भन्दै शुल्क उठाउने प्रतिष्ठानको बेइमानी किन भनेर प्रश्न गर्न खोज्दा उनी कार्यक्रमको व्यस्तता देखाउँदै बोल्न मानिनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप