बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्याम्स हस्पिटलबाट ‘आइभीएफ’ प्रविधिमार्फत दुई जोडीले प्राप्त गरे सन्तान सुख

शुक्रबार, १५ भदौ २०८०, २० : ३५
शुक्रबार, १५ भदौ २०८०

काठमाडौं । राजधानीको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलबाट ‘आइभीएफ’ प्रविधिमार्फत दुई जोडीले सन्तान सुख प्राप्त गरेको जनाइएको छ । सो अस्पतालका कार्यकारी निर्देशक ज्योतीन्द्र शर्माका अनुसार गत वर्ष कार्तिक ४ गते उद्घाटन गरिएको यो प्रविधिमार्फत हालै दुई जोडी अभिभावकले सन्तान सुख प्राप्त गरेका हुन् ।

कार्यकारी निर्देशक शर्माले नेपालमा सुपरिचित वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं आइभीएफका विज्ञ प्रा.डा. भोला रिजालको नेतृत्वमा वरिष्ठ स्त्रीरोग विशेष ज्ञ प्रा.डा. पदमराज पन्तसहितका विज्ञ चिकित्सकहरुको सामूहिक प्रयासमा यो सेवा सुरु गरिएको पनि उल्लेख गरेका छन् ।

hams

ह्याम्स हस्पिटलको आइभीएफ सेवाबाट गर्भवती भए पश्चात अमेरिका निवासी दम्पतीले अमेरिकामै जुम्ल्याहा पुत्रलाभ गरेको र कामको सिलसिलामा विदेश जानुपूर्व सन्तान प्राप्तिको इच्छा राखेर अर्का दम्पतीले पनि यो सेवा लिएकोमा यही भदौ १३ गते सो दम्पतीले पनि दोस्रो सन्तान सुख प्राप्त गरेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप