ह्याम्स हस्पिटलबाट ‘आइभीएफ’ प्रविधिमार्फत दुई जोडीले प्राप्त गरे सन्तान सुख
काठमाडौं । राजधानीको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलबाट ‘आइभीएफ’ प्रविधिमार्फत दुई जोडीले सन्तान सुख प्राप्त गरेको जनाइएको छ । सो अस्पतालका कार्यकारी निर्देशक ज्योतीन्द्र शर्माका अनुसार गत वर्ष कार्तिक ४ गते उद्घाटन गरिएको यो प्रविधिमार्फत हालै दुई जोडी अभिभावकले सन्तान सुख प्राप्त गरेका हुन् ।
कार्यकारी निर्देशक शर्माले नेपालमा सुपरिचित वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं आइभीएफका विज्ञ प्रा.डा. भोला रिजालको नेतृत्वमा वरिष्ठ स्त्रीरोग विशेष ज्ञ प्रा.डा. पदमराज पन्तसहितका विज्ञ चिकित्सकहरुको सामूहिक प्रयासमा यो सेवा सुरु गरिएको पनि उल्लेख गरेका छन् ।

ह्याम्स हस्पिटलको आइभीएफ सेवाबाट गर्भवती भए पश्चात अमेरिका निवासी दम्पतीले अमेरिकामै जुम्ल्याहा पुत्रलाभ गरेको र कामको सिलसिलामा विदेश जानुपूर्व सन्तान प्राप्तिको इच्छा राखेर अर्का दम्पतीले पनि यो सेवा लिएकोमा यही भदौ १३ गते सो दम्पतीले पनि दोस्रो सन्तान सुख प्राप्त गरेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ तनावपूर्ण, १० खेलाडीमा सीमित पाराग्वेकाे अग्रता कायमै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण