शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पहिलो हाफ तनावपूर्ण, १० खेलाडीमा सीमित पाराग्वेकाे अग्रता कायमै

शनिबार, ०६ असार २०८३, ०९ : ४०
शनिबार, ०६ असार २०८३

सारांश

  • विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल पहिलो हाफमै रोमाञ्चक र तनावपूर्ण बनेको छ।
  • खेल सुरु भएको २ मिनेटमै मारियो गालार्जाको गोलमार्फत पाराग्वेले अग्रता लिएको थियो।
  • पहिलो हाफको इन्जुरी समयमा पाराग्वेका मिगेल अल्मिरोनले भीआरको समीक्षापछि रातो कार्ड पाउँदै मैदान छाडेका छन्।

काठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल पहिलो हाफमै रोमाञ्चक र तनावपूर्ण बनेको छ।

पाराग्वेले खेल सुरु भएको २ मिनेटमै मारियो गालार्जाको गोलमार्फत अग्रता लिएको थियो। जोआन एनसिसोको उत्कृष्ट पासमा आएको उक्त गोलपछि पाराग्वेले सुरुवातमै दबाब सिर्जना गरेको थियो।

तर पहिलो हाफको इन्जुरी समयमा खेलले ठूलो मोड लिएको छ। थपिएको ३ मिनेटमा पाराग्वेका मिगेल अल्मिरोनले रातो कार्ड पाउँदै मैदान छाडेका छन्। भीआरको समीक्षापछि उनलाई सिधै रातो कार्ड दिइएको हो।

10

पहिलो हाफमा थपिएको ६ मिनेटको समयमा दुवै टोलीबीच केही विवाद र झडपसमेत देखिएको थियो, जसले खेललाई थप तनावपूर्ण बनायो।

tanab

खेल सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी छ। अब दोस्रो हाफमा टर्कीले १० खेलाडीमा सीमित पाराग्वेविरुद्ध बराबरी गर्ने ठूलो अवसर पाउनेछ।

ttt

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप