सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आजदेखि एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु हुँदै

शनिबार, १६ भदौ २०८०, ०८ : ४०
शनिबार, १६ भदौ २०८०

बुटवल ।भदै १६  नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा आजदेखि सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोलि हुने अधिवेशनका लागि विभिन्न जिल्लाहरूबाट प्रतिनिधिहरू बुटवलमा आइसकेका छन् ।

अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू दिउँसो साढे १२ बुटवल आउँदैछन् । केन्द्रीय तहका केही नेताहरू  बुटवलमा आएर बसेका छन् । 

received_1005117747500155

सम्मेलन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गर्नेछन्। आज अधिवेशन उद्घाटन हुनेछ भने भोलि बन्द सत्र कार्यक्रम रहेको छ। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप