बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

आशिकी ३ मा साउथ नायिकाको प्रवेश !

शनिबार, १६ भदौ २०८०, ०९ : ५८
शनिबार, १६ भदौ २०८०

मुम्बई । आशिकी ३ को घोषणा भएदेखि नै निर्माताहरु फिल्मका लागि मुख्य अभिनेत्रीको खोजीमा छन् । यसमा कयौं अभिनेत्रीको नाम आएको छ । यसैबीच, आशिकी ३ मा कार्तिक आर्यनको अपोजिटमा साउथ अभिनेत्री (कन्नड) आकांशा शर्माले अभिनय गर्ने खबर आएको छ ।

ईटाइम्सको रिपोर्ट अनुसार आशिकी ३ का निर्माताले कार्तिकको अपोजिटमा आकांक्षा शर्मालाई कास्ट गर्ने निर्णय गरेका छन् । रिपोर्टका अनुसार आकांक्षाले यस विषयमा धेरै पटक निर्मातासँग भेट गरिसकेकी छिन् । सबै कुरा ठीक भएमा आशिकी ३ मा कार्तिक आर्यनको नायिका बन्ने छिन् । यद्यपि निर्माताहरुबाट अहिलेसम्म यसबारे कुनै आधिकारिक जानकारी आएको छैन ।

ashique-3मिडिया रिपोर्टका अनुसार निर्माताहरु नयाँ अनुहारको खोजीमा रहेका छन् । वास्तवमा आशिकी फ्रान्चाइजीले सधैं नयाँ अनुहारहरू कास्ट गरेको छ। चाहे त्यो राहुल रोय र अनु अग्रवाल होस् वा आदित्य रोय कपुर र श्रद्धा कपूर। यस्तो अवस्थामा कार्तिकसँग आकांक्षाको केमेस्ट्री राम्रो हुने निर्माण पक्षको विश्वास छ ।

घोषणा भएदेखि नै फिल्मको मुख्य नायिकाको चर्चा चलेको थियो । श्रद्धा कपूर, टिभी अभिनेत्री जेनिफर विङ्गेट, सारा अली खान, कट्रिना कैफ, दीपिका पादुकोण लगायत धेरै अभिनेत्रीको नाम मुख्य भूमिकाका लागि आएको छ । तर, अहिलेसम्म कसैको नाम पुष्टि भएको छैन ।

ashiqueआकांक्षा शर्माको कुरा गर्दा उनी कन्नड उद्योगकी मोडल तथा अभिनेत्री हुन् । उनले आफ्नो करियर मोडलिङबाट सुरु गरेकी हुन् । यद्यपि, उनले आफ्नो करियर २०२० कन्नड फिल्म त्रिविक्रमबाट सुरु गरे। यसबाहेक अभिनेत्रीले टाइगर श्राफसँग म्युजिक भिडियो ‘डिस्को ८२’ मा काम गरेकी छिन् । यसका अलावा आकांक्षाले महेश बाबु, वरुण धवन र कार्ती जस्ता कलाकारसँग पनि विज्ञापन सुटिङ गरिसकेकी छिन् ।

टाइगर श्राफसँग म्युजिक भिडियो गरेपछि आकांक्षाले उनीसँग डेट गरिरहेको खबर आएको थियो । तर, दुवैले यस विषयमा केही भनेका छैनन् ।

यसअघि मिडियालाई दिएको अन्तर्वार्तामा महेश भट्टले आशिकी ३ को बारेमा कुरा गरेका थिए । उनले आशिकी ३ को लागि नयाँ अनुहारको खोजीमा रहेको बताएका थिए । चलचित्रको स्क्रिप्ट तयार भइसकेको छ, नायिकाको खोजी भइरहेको छ । फिल्मको छायांकन सन् २०२४ मा सुरु हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप