आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले दक्षिणी तटमा थुप्रै क्रुज मिसाइल प्रहार गर्‍यो : दक्षिण कोरिया

शनिबार, १६ भदौ २०८०, ११ : ०२
शनिबार, १६ भदौ २०८०

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो दक्षिणी तटमा धेरै क्रुज मिसाइल प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले शनिवार बिहान भएको मिसाइल प्रक्षेपणबारे अनुसन्धान भइरहेको बताएका छन् । यसबारे थप जानकारी दिइएको छैन । 

उनले भने, ‘हामीले अमेरिकासँगको सहकार्यमा निगरानी र जासुसी गतिविधि बढाएका छौँ र हामी अमेरिकासँग सम्पर्कमा छौँ र पूर्णतया तयार छौँ ।’ अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको जवाफमा उत्तर कोरियाले केही दिनअघि समुद्रमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

त्यसपछि उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रक्षेपण दक्षिण कोरियाको लक्ष्यमा परमाणु हमला गर्ने अभ्यास भएको बताएको थियो ।

उत्तर कोरियाले यो वर्ष रेकर्ड सङ्ख्यामा हतियार परीक्षण गरेको छ । जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि सैन्य अभ्यास गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप