उत्तर कोरियाले दक्षिणी तटमा थुप्रै क्रुज मिसाइल प्रहार गर्यो : दक्षिण कोरिया
दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो दक्षिणी तटमा धेरै क्रुज मिसाइल प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले शनिवार बिहान भएको मिसाइल प्रक्षेपणबारे अनुसन्धान भइरहेको बताएका छन् । यसबारे थप जानकारी दिइएको छैन ।
उनले भने, ‘हामीले अमेरिकासँगको सहकार्यमा निगरानी र जासुसी गतिविधि बढाएका छौँ र हामी अमेरिकासँग सम्पर्कमा छौँ र पूर्णतया तयार छौँ ।’ अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको जवाफमा उत्तर कोरियाले केही दिनअघि समुद्रमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
त्यसपछि उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रक्षेपण दक्षिण कोरियाको लक्ष्यमा परमाणु हमला गर्ने अभ्यास भएको बताएको थियो ।
उत्तर कोरियाले यो वर्ष रेकर्ड सङ्ख्यामा हतियार परीक्षण गरेको छ । जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि सैन्य अभ्यास गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण