मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

सरकारी कार्यालयको बिजोग, तस्बिरहरू

शनिबार, १६ भदौ २०८०, ११ : २२
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । जनतालाई सहज र सरल रूपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो । तर आफै अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने ? 

यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौँकै सरकारी कार्यालयहरूको हरिबिजोग छ । त्रिपुरेश्वरस्थित पशु सेवा व्यवसायी परिषद्को भवनमा वर्षेभेल पसेपछिको अवस्था हेर्नुहोस् वा रेडियो नेपाल परिसरमा झारपातले ढाकेपछिको अवस्था हेर्नुहोस् । सरकारले सरसफाइ र व्यवस्थापनको लागि कर्मचारी पनि राखेको हुन्छ । तर उनीहरूले काम गरे/नगरेको निरीक्षण गर्नेहरू आफ्नै धुनमा मस्त हुन्छन् । त्यसैले नै सरकारी कार्यालय वरपर फोहोरको थुप्रो देखिएको छ । 

animal health office DSC_9222

भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था नियाल्नुस् त, तपाई आफैँ छक्क पर्नुहुनेछ । गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएको देख्न सकिन्छ भने लोक बाजा सङ्ग्रहालयको अवस्था फोटोमा हेर्नुहोस् । सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन् । 

सिंहदरबार अगाडि राखिएको तोपको कुनै महत्त्व नै छैन । लाग्छ सरकारबाटै सरकारी सम्पत्ति तिरस्कृत छन् । घाँस उम्रिएर छेक्दासमेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन् । 

sinhadarwar top DSC_9118

यस्तै संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरू आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृतिक सम्पदा, ऐतिहासिक महत्त्व बोकेका धरोहरका विषयवस्तुहरूको लापरबाही गरेर बस्छ । राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहोर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड, यातायात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड जताततै सरकारी सम्पत्तिहरूको दुरुपयोग र हेलचेक्र्याइँ छ । 

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सरकारी सम्पत्तिमाथि नेतृत्वको हेलचेक्र्याइँ र दुरुपयोग सम्बन्धी यी तस्बिर ।

bhansar bibhag DSC_9313guthi sasthan lalitpur DSC_9077kukl DSC_9094lalitpur mahanagar gardeen DSC_7289musical instument musium

pulchok rastiya bima DSC_9331redio nepal  DSC_8537 (8)sahakari board DSC_9275

tax office DSC_9271thapathali DSC_9300yatyat office DSC_9249

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप