कविता
यस्तै छन् आँखाहरु
शनिबार, १६ भदौ २०८०, १२ : १५
यस्तै छन् आँखाहरु
यताउता खोजेर
टोल्हाएर
एकटकले कतै
एकोहोरो हेरेर
थाहै नपाई
गह भिजाएर
कसैको निम्ति रोइदिन्छ ।
कुनैबेला जुधिदिन्छ
यी आँखा
आँखासंग
मदहोस
एउटा मीठो
आभास दिलाएर ।
आँखाको भाखा
बुझ्दछ त केवल
आँखाले नै
सोध्दछ प्रश्न
आँखाले नै
बोलिदिन्छ उत्तर ।
मिलनमा रमाउने
मनमा उमङ्ग निम्त्याउने
यी आँखा
दिलमा खुसीका अनिगिन्ति
सपना सजाउने
यी आँखा
छोडिने बेलामा
टाढिने बेलामा
पर पर हुँदै जाँदा
एकोहोरो हेरेर
थाहै नपाई
गह भिजाएर
कसैको निम्ति
पिल पिल गर्दा गर्दै
रोइदिन्छ
धेरैबेर
रोइदिन्छ ।
त्यसपछि
फेरि भेटिने आशामा
यताउता खोजेर
टोल्हाएर
एक टकले कतै
एकोहोरो हेरेर
थाहै नपाई
गह भिजाएर
कसैको निम्ति
रोइदिन्छ
धेरैबेर
रोइदिन्छ
यस्तै छन् आँखाहरु ।
यस्तै छन् आँखाहरु ।।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण