मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राम्रा कामलाई जनतामाझ पुर्‍याउन संगठन र कार्यकर्ताहरुले भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

शनिबार, १६ भदौ २०८०, १४ : ११
शनिबार, १६ भदौ २०८०

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारले गरेका राम्रा कामलाई नागरिकहरु माझमा पुर्याउन पार्टीका संगठन र कार्यकर्ताहरुले भूमिका खेल्नुपर्ने बताएका छन् । शनिबार धादिङको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सरकारले गरेका जनअपेक्षित कामहरुलाई जनतासम्म पुर्याउन तल्लो तहका संगठनले भूमिका खेल्नुपर्ने बताएका हुन् ।

देश माओवादी केन्द्रले निर्देशित गरेको विचारमा अग्रसर रहेको उनले बताए । माओवादी वैचारिक नेतृत्व स्थापित गर्दै अघि बढिरहेको उनले बताए । वर्तमान व्यवस्था शोषित पीडित नागरिकहरुको भएकाले गणतन्त्र अस्वीकार गर्नेकाविरुद्ध एकजुट हुन उनले निर्देशन दिए । जनमतको सम्मान गर्दै समाजवाद निर्माण अभियानमा जुट्न उनले आग्रह गरे ।

‘अहिले देश माओवादी केन्द्रको विचारमा चलेको छ । माओवादी केन्द्र विचार र सिद्धान्तको नेतृत्व गर्ने पार्टी हो ।’ उनले भने, ‘वर्तमान व्यवस्था शोषित पीडित वर्गको हो । त्यसको नेतृत्व प्रचण्डले गरेका छन् । गणतन्त्रलाई अस्वीकार गर्ने र धावा बोल्नेहरुका विरुद्धमा एकजुट भएर लाग्नुपर्नेछ ।’

माओवादी केन्द्रको पोलिटब्युरो सदस्य एवम् धादिङ जिल्ला एन्चार्ज समेत रहेका उनले नागरिकहरुको भावनालाई समेटेर सरकारले गर्नुपर्ने कामहरुका विषयमा सुझाव पेश गर्न पनि पार्टी संरचनाका संगठनहरुलाई निर्देशन दिए । नागरिकहरुलाई गुणस्तरीय सेवा सहज रुपमा उपलब्ध गराउने काममा सरकार लागेकाले पार्टी संगठनले सो कार्यमा सघाउन आ–आफ्नो स्तरबाट भूमिका खेल्नुपर्ने उनको धारणा रहेको थियो ।

मुख्मयन्त्री जम्कट्टेलले समृद्ध प्रदेश बनाउने अभियानमा सबैको सहयोगको आवश्यकता रहेको उनले बताए । नागरिकहरुको समस्या सरकारसम्म पुर्याएर समाधान गरी समृद्ध प्रदेश निर्माणको अभियानमा सहयोगका लागि आफ्नो तर्फबाट भूमिका खेल्ने उनले आग्रह गरे ।

विगतमा भएका कमी कमजोरीलाई स्वीकार गरेर अभियान अन्तर्गत आम नागरिकको घर घर पुग्न र उनीहरुको आवश्यकता तथा अपेक्षा बुझ्न उनले कार्यकर्ताहरुलार्य निर्देशन दिए । पार्टी संगठनहरुले तीन तहका सरकारसँगको समन्वयमा जनता माझ आफ्ना मुद्दा र एजेण्डाहरु स्थापित गर्न अग्रसर हुनपर्ने उनले बताए ।

‘हामीले विगतमा गरेका कमजोरी सच्याउन जरुरी छ । त्यसका लागि हाम भित्र भएका समस्याको हल गर्दै गाउँ पुग्न जरुरी छ । अब यो अभियान अन्तर्गत सबै जना आफ्नो क्षेत्रका जनताको घरघमा पुग्नुपर्छ । उनीहरुको समस्या, आवश्यकता र अपेक्षा बुझ्नुपर्छ । समाधानको पहल गर्नुपर्छ । सरकारले गरेका कामको प्रचार प्रसार गर्दै हामी अघि बढ्नुर्छ’ उनले भने ।

उनले पार्टी संगठनलाई चुस्तदुरुस्त राख्दै, वडा तहको संगठनलहरु निर्माण तथा जनवर्गीय संगठनहरु निर्माणमा जुट्न आग्रह गरे । माओवादी केन्द्रलाई बलियो बनाउने आधार तयार गर्न सबै जना एकजुट भएर अघि बढ्न जरुरी रहेको उनको भनाई छ । आगामी निर्वाचनमा पार्टीलाई ठुलो दल बनाउनतर्फ काम गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप