रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतबीचको क्रिकेट हेर्न श्रीलंका प्रस्थान
आइतबार, १७ भदौ २०८०, १३ : ५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका प्रस्थान गरेका छन् ।
श्रीलंकाको क्याण्डीस्थित पालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । सोही खेल हेर्न र नेपाली टोली हौसला बढाउन लामिछाने आइतबार त्यसतर्फ प्रस्थान गरेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
नेपाली टोलीलाई हौसला दिन लामिछानेपत्नी निकिता पौडेल लामिछाने र रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोरा पनि सँगै श्रीलंका गएका छन् । नेपाल र भारतबीचको खेल सोमबार दिउँसो स्थानीय समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।
एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्न बाध्य भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण