आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँका सीडीओ भन्छन्– बालेनको अभिव्यक्तिबाट हतोत्साहित भएका छौँ

आइतबार, १७ भदौ २०८०, १७ : ३०
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिबाट सुरक्षा निकाय र प्रशासन हतोत्साहित भएको बताएका छन् ।

उनले भने, ‘एकजना तल्लो तहको ट्राफिक प्रहरीले राति ९ बजे पनि आफ्नो जिम्मेवारी इमानदारिता पूर्वक निभाएका छन् । मेयरले त यसलाई धन्यवाद दिनुपर्ने हो । तर सुरक्षा निकाय र प्रशासनलाई नै गाली गर्ने, धम्की दिने जस्ता काम किन गर्नुभएको हो, हामीले बुझेका छैनौँ । सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेका हुन् । तर उहाँले कानुन नै मान्दिन भन्नुहुन्छ भने, त्यो अर्कै कुरा हो । यस प्रवृत्तिले हामीलाई हतोत्साहित बनाएको छ ।’

बालेनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै शनिबार राति सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप