काठमाडौँका सीडीओ भन्छन्– बालेनको अभिव्यक्तिबाट हतोत्साहित भएका छौँ
आइतबार, १७ भदौ २०८०, १७ : ३०
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिबाट सुरक्षा निकाय र प्रशासन हतोत्साहित भएको बताएका छन् ।
उनले भने, ‘एकजना तल्लो तहको ट्राफिक प्रहरीले राति ९ बजे पनि आफ्नो जिम्मेवारी इमानदारिता पूर्वक निभाएका छन् । मेयरले त यसलाई धन्यवाद दिनुपर्ने हो । तर सुरक्षा निकाय र प्रशासनलाई नै गाली गर्ने, धम्की दिने जस्ता काम किन गर्नुभएको हो, हामीले बुझेका छैनौँ । सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेका हुन् । तर उहाँले कानुन नै मान्दिन भन्नुहुन्छ भने, त्यो अर्कै कुरा हो । यस प्रवृत्तिले हामीलाई हतोत्साहित बनाएको छ ।’
बालेनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै शनिबार राति सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण