चीनले जारी गरेको नक्साबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी लिने
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चीनले जारी गरेको नक्साबारे परराष्ट्र मन्त्रालयसँग जानकारी लिने भएको छ ।
आइतबार समिति सभापति राज किशोर यादवले परराष्ट्र सम्बन्धका पत्रकारसँग छलफल गर्दै चीनले जारी गरेको नक्साबारे सरकारले गरिरहेको कामबारे जानकारी माग्ने बताए । चीनले २८ अगस्टमा जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भागलाई हटाएको छ । यसबारेमा शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको थियो ।
यस्तै आइतबार परराष्ट्रमन्त्री एनपी साउदले नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् ।
समिति सभापतिले भने, 'चीनले नयाँ नक्सा जारी गर्यो । त्यसमा नेपालको नक्साको चुच्चे भाग छैन । यसबारे मन्त्रालयले के गरिरहेको छ हामी जानकारी लिन्छौँ ।'
सभापति यादवले नेपालले चुच्चे नक्सा जारी गर्दा चीनलाई जानकारी गराए नगराएको बारेमा पनि मन्त्रालयसँग जानकारी लिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण